Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाम जिप दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो [नामावलीसहित]

अछाम । चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित आमरुख नजिक भएको जिप दुर्घटनामा एक नाबालकको मृत्यु भएको छ भने १४ जना घाइते छन् ।

बुधबार बिहान लुंग्राबाट साँफेबगर जाँदै गरेको से १ झ ४२९ नम्बरको जिप आमरुख नजिक दुर्घटना भएको थियो ।

सो दुर्घटनामा घाइते भएका डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्का मृत्यु भएको छ ।

उनको बयलपाटा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।

घाइतेहरुको नामावली :

१. जिल्ला डोटी पुर्विचौकी गा.पा. ४ बस्ने बर्ष अं. २३ की अनिसा खड्का (टाउको र खुट्टामा चोट अबस्था गम्भिर रहेको)

२. जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने बर्ष अं. ५ को दिपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य)

३. ऐ.ऐ. बस्ने बर्ष अं. ८ को स्माईल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भिर)

४. ऐ. ऐ. बस्ने वर्ष अं. ११ को आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भिर)

५. ऐ.ऐ. बस्ने वर्ष अं. ७३ को दान बहादुर खड्का (टाउको, ढाड र हातको चोट अवस्था मध्यम)

६. ऐ.ऐ. वस्ने वर्ष अं. ७२ कि गंगा खड्का (टाउको र छातिमा चोट अवस्था मध्यम)

७. ऐ.ऐ. बस्ने वर्ष अं. ७५ कि गौरि देवि खड्का (टाउको र अनुहारमा चोट अवस्था सामान्य)

८. ऐ. ऐ. वस्ने वर्ष अं. ६ बसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम)

९. ऐ. ऐ. वस्ने वर्ष अं. ७६ को सिद्द खड़का (टाउको र हातमा चोट अवस्था मध्यम)

१०. ऐ. ऐ. बस्ने वर्ष अं. ६५ की धनसुवा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य)

११. ऐ. ऐ. वस्ने वर्ष अं. २ को आज्ञान खड्का (मुख र कानमा चोट अवस्था सामान्य)

१२. ऐ. ऐ. बस्ने वर्ष अं. ८ को रमित मिजार (दाहिने खुट्टामा चोट अवस्था सामान्य)

१३. ऐ. ऐ. बस्ने वर्ष ८ कि प्रमिसा रावल (खुट्टामा चोट अवस्था सामान्य)

१४. तेज बहादुर रावल (चालक)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077