Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काभ्रेमा सिडिओ र एसपी दुवै महिला

काभ्रे । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्हालेकी छिन् । गत साता उनको सरुवा भएकोमा बुधबार हाजिर भएकी हुन् ।

काभ्रेमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि महिला नै छिन्। सहसचिव रुद्रादेवी शर्मा काभ्रेको सिडिओका रुपमा कार्यरत छिन् । प्रहरी नेतृत्व पनि महिला नै भएपछि जिल्ला प्रशासन र प्रहरी दुवैमा महिलाको नेतृत्व भएको छ ।

संयोग कस्तो छ भने काभ्रेका अन्य ६ वटा सरकारी कार्यालयहरूमा पनि महिलाको कमाण्ड छ । शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोकको प्रमुखमा देवका ढकाल तथा स्वास्थ्य कार्यालयको प्रमुखमा अनिता खनाल कार्यरत छिन् ।

पशु सेवा कार्यालयमा डा. सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा डा. वशंवदा कौडिन्न्यायनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मनिषा चापागाइ तथा स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयमा मुना निरौलाले नेतृत्व गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077