Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

होसियार रहनुहोला, किसानले सरकार ढाल्ने क्षमता राख्छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानले सरकार ढाल्ने क्षमता राख्ने भएकाले होसियार रहन चेतावनी दिएका छन्।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने,'मेरो निर्वाचन क्षेत्र र देशैभरका दूध किसान र मह किसान मारमा परेका छन्। दूध पोखेर बसिरहेका छन् भने अर्कातिर पाउडर दूध र विदेशबाट आयातित नक्कली महले स्थान पाएका छन्। किसानहरूको आन्दोलनलाई नजरअन्दाज गरियो भने किसानहरूले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्। होशियार रहनुहोला।’

सभापति लामिछानेले भूमिहीन सुकुम्बासीहरूलाई चुनावी फन्डाका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरिएको भन्दै त्यसलाई चुनावी फन्डा मात्रै नबनाउन आग्रह गरे।

उनले सुकुम्बासी आयोग र विशेषगरी भूमि आयोगले विशेष ध्यान दिनुपर्ने बताए। यसलाई खेलाँचीको रुपमा नलियोस् भन्ने उनको आग्रह थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077