Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सांसद भण्डारीको प्रश्न - किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले किसानको अनुदान खाने बाँदरलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद भण्डारीले किसानको अनुदान खाने बाँदरलाई के गर्ने भन्दै प्रश्न गरेका हुन्।

उनले बाँदरको बन्ध्याकरण गर्ने चर्चा चलेको भन्दै किसानको अनुदान खाने बाँदरलाई के गर्दै भन्दै व्यङ्ग्य गरे।

सांसद भण्डारीले भने,‘किसान मल बीउ सिचाईं र बजार देउ भनिरहेका छन्। हामीले योजना बनाउन सकिरहेका छैनौं। किसानलाई बाँदरले दुख दिइरहेको छ। बाँदरले दुख नदिने बाली के प्रयोग गर्ने हामीसँग सोच छैनौं।

एकातिर त किसानलाई बाँदरले दुख दिएको छ अर्कोतिर अहिले मैले सुन्दैछु। बाँदरको बन्ध्याकरण गर्ने ? किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त ?, किसानले बजारमा लैजाने सामानलाई लैजाँदा सिमाना नाकामा छाडिदिनेलाई के गर्ने त ?, किसानलाई सस्तो मूल्य दिएर चर्को मूल्यमा बजारमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?, के लगाएमा फाइदा हुन्छ ? के गरेमा मूलुक बन्छ भन्ने कुरामा छैनौं।’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका कृषि समितिले बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययनका लागि सांसदहरूको टोली भारत जाने निर्णय गरेको छ। सोहि विषयलाई लिएर उनले यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077