Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्से २० अंकले घट्दा ३ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा कायम भएको छ।

यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

बुधबार २ अर्ब २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँको सेयर खरिदबिक्री भयो।

यसैगरी गुराँस फाइनान्सको १४ करोड १ लाख,जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख,एनआईसी एसिया बैंकको ६ करोड ४० लाख र नगदी ग्रुपको ६ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077