Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।

क्रिकेटर लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला  बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्।

गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।

उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077