Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतार एअरको जहाज एक घण्टादेखि आकाशमा घुमेको घुम्यै

काठमाडौँ । कतारको दोहाबाट नेपाल आएको जहाज आकाशमा घुमिरहेको छ । दोहाबाट नेपाल आएको कतार एअरवेजको क्युटीआर ६४६ जहाज १ घण्टादेखि आकाशमा घुमिरहेको हो ।

त्रिभुवन विमानस्थलका अनुसार उक्त जहाज ४ बजेर २४ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । प्रतिकूल मौसमका कारण ल्याण्ड गर्न नसकेर उक्त जहाज आकाशमा घुमिरहेको हो ।

त्यस्तै, आज अपरान्ह दिल्लीबाट काठमाडौँ आएको इण्डिगोकोको जहाज त्रिभुवन विमानस्थलमा ल्याण्ड हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको थियो ।

बिहीबार अपरान्ह मौसम बदली भएर वर्षात् हुँदा त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077