Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमितिबाट पारित भयो राष्ट्रपति एक र प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकले निर्वाचनअघि गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गरेको छ ।

सँगै विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन पनि महासमिति बैठकबाट पास भएको छ ।

जहाँ उनले राष्ट्रपति १, प्रधानमन्त्री २, मन्त्री ३ र सांसदको कार्यकाललाई ४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव गरेका थिए ।

जसलाई महासमितिले पास गरेको उनले समापन मन्तव्यमा जानकारी दिए ।

पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077