Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपराधीको कुनै पार्टी या जात हुँदैन : राजेन्द्र बजगाईँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिएका हुन् ।

अपराधीको कुनै पार्टी या जात नहुने उनको भनाई छ । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ ।

क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए ।

ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए ।

साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077