Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नामिबियाले नेदरल्यान्ड्सलाई दियो २०४ रनको लक्ष्य

    नामिबियाले नेदरल्यान्ड्सलाई दियो २०४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 600
    SHARES

    काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालमा जारी पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको हो ।



    नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरे ।



    ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए । जन फ्राइलिंकले ३४ रन जोडे ।

    उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

    नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले तीन विकेट लिए । आर्यन दत्त र रेलोफ भान डेर मर्वेले दुई–दुई विकेट हात पारे । सारिज अहमद र बास डे लिडले पनि एक–एक विकेट लिए ।

    जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । नामिबिया चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार