Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

    घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 582
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

    पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको हो। यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो।



    त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।



    यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे । नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो ।

    नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार