Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ६६ रन बनाउँदै कुशल भुर्तेल क्याच आउट

    ६६ रन बनाउँदै कुशल भुर्तेल क्याच आउट

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 333
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।

    नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाए ।



    उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।



    कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए ।

    ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २२ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार