Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

    नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 393
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

    नेपालका कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर आउट भएका छन्। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए।



    त्यतिबेला नेपालले २४.३ ओभरमा ४ विकेट गुमाउँदा ८७ रन जोडेको थियो। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे।



    त्यसअघि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो।

    अनिल साह ७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा बोल्ड भए। अनिल र कुशल आउट हुँदाको बेलमा नेपालले चार रन मात्र जोड्न सक्यो।

    ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी पनि भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए।

    आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार