Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेवाग्राहीसँग एक लाख घुस लिएका वरिष्ठ हवल्दार सिंह दोषी ठहर

काठमाडौं । विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।

ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077