Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेदरल्यान्ड्समाथि नामिबियाको शानदार जित

    नेदरल्यान्ड्समाथि नामिबियाको शानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 705
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ ।

    टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।



    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।

    निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो ।

    नेदरल्यान्ड्सलाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर जेरहार्ड एरास्मस र जन फ्राइलिंकले तीन–तीन विकेट लिए ।

    बेनार्ड स्कोल्जले पनि दुई विकेट हात पारे । जन निकोल लोफ्टी एटन र रुबेन ट्रम्पलम्यानले पनि एक–एक विकेट लिए ।

    जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

    नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    तीन खेल खेलेको नेपाल एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

    तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार