Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी, दलबहादुर पक्राउ

काठमाडौं । माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‌ओखलढुंगाका ६७ वर्षीय दलबहादुर बस्नेतलाई पर्साको राधेमाईबाट पक्राउ गरेको हो ।

उनले सेक्युरिटी गार्डमा २ लाख २० हजार तलब पाउने र १२ लाख खर्च लाग्ने भन्दै पीडितहरूलाई प्रलोभन देखाएका थिए।

बस्नेतले गणेश लामासहित चार जनासँग पटक पटक गरी २४ लाख ठगी गरी फरार बनेका थिए । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077