Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सहकार्यको लागि नेकपा एमालेलाई पत्राचार गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो।

अब मोर्चाको निर्णयपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्ने बताईएको छ ।

यस्तै बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाडौंसहित सातै प्रदेशमा एकएक वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरिएको छ ।

मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधन नेपालसहित शीर्ष नेताहरु सहभागी थिए। फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गरेको थियो ।

अहिले मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077