Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

आजदेखि नियमित सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो ।

तर पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको हो ।

चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077