Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरेन्द्रनगर गोली काण्ड : चारजना पक्राउ, भारतीय सुटरको कनेक्सन !

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । तर उनीहरुको प्रहरीले परिचय खुलाएको छैन् ।

प्रहरीका अनसार शनिबार राति गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको थियो ।

फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ ।

प्रहरीले घटस्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल बरामद गरेको छ । घटनामा भारतीय सुटर पनि संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077