Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याज पीडितहरूलाई सरकारले बोलायो वार्तामा

काठमाडौं । काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो ।

गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

यतिबेला उनीहरू काठमाडौं भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077