Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली संकलन स्थगित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै आयोगले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरेको छ।

आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ ।

इलाम क्षेत्र-२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो । यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ ।

यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो । सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077