Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोविता गौतमले भनिन् - यो सरकार असफल भइसक्यो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको बताएकी छन् ।

आईतबार प्रतिनिधिसभा बैठकपछि बोल्दै सांसद गौतमले यस्ताअ‍े बताएकी हुन् ।

सांसद गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाईन् ।

उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् ।

सांसद गौतमले भनिन्, ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?’

आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएकोमा उनको असन्तुष्टि थियो ।

प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077