Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सस्तोमा डलर साटिदिने भन्दै ठगी गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने रामबहादुर तामाङ, उनकै श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने शंकर रेग्मी रहेका छन् ।

ठगी आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो। यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन्। उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइएको छ।

रामबहादुरले सस्तोमा डलर साटिदिने भन्दै सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर लोभ्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले पीडितबाट मोटो रकम लिएर उनीहरूलाई भने कागजको बिटो दिएर ठगी गर्ने गरेका थिए ।

रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए।

प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077