Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले ओमसहित चार अस्पतालको फोहोर संकलन नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो।

महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आज अनुगमन गरेको थियो ।

ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।

यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077