Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० सिरिजका लागि नेपाली टोली घोषणा, नेपाल ‘ए’बाट ६ खेलाडी समेटिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा आइतवार साँझ १८ सदस्यीय टोली घोषणा गरिएको हो ।

नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् ।

टी-२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ समेटिएका छैनन्। नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो ।

३ मध्ये १ खेल जितेको थियो । नेदरल्यान्ड्स र नामिबियासम्मिलित टी–२० सिरिज मंगलवारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077