Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरुको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।

सभामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले सभामुखको आग्रह नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

उनीहरूले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् ।

एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने अडान सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077