Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् ।

महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।

काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे ।

बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077