Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ

धनगढी। बझाङ प्रहरीले छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरेको छ।

प्रहरीले जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा जयबहादुर हमाल र उनका छोरा जनक हमाललाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो।

आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077