Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

बारा । वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

बाराको निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।

सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा प्रहरीका अनुसार ५ जना घाइते भएका छन्।

घाइते हुनेमा सोही नगरपालिका ५ का सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने फिरोद देमान, रितु रजत, भारतीय नागरिक राकेश जयसवाल, अरविन साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077