Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सहकारी ठगी : शंकास्पद कारोबारी साहसँग हिमालयन बैंकका सीईओ राणाको कनेक्सन

    सहकारी ठगी : शंकास्पद कारोबारी साहसँग हिमालयन बैंकका सीईओ राणाको कनेक्सन

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । सर्वसाधारणले सहकारीमा राखेको ७ अर्ब ६ करोड बचत हिनामिना गरी विभिन्न ठाउँमा खरिद गरेका जग्गा गितेन्द्रबाबु राई (जीबी)ले धमाधम बिक्री गरेको तथ्य खुलासा भएको छ ।

    जीबी राईले सहकारीको बचतबाट ललितपुरको सैबु भैंसेपाटीमा खरिद गरेको २३ रोपनी ७ आना जग्गा बाजेको सेकुवाका संचालक चेतन भण्डारी, सत्यम ए्ग्रो र रक्षम इन्टरनेशनलका अलावा चेनी क्यापिटलका पवनकुमार साहलाई बिक्री गरेको खुलेको छ ।



    जीबी अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीको बिरुद्ध उजुरी पर्न थालेपछि उनले गतबर्ष नै सैंबुको उक्त जग्गा चेनी क्यापिटलाई बिक्री गरेको खुलेको हो ।



    उजुरी पर्न थालेपछि सहकारीको रकमले खरिद गरेको जग्गा बिक्री गर्दै जीबीले मलेसियामा लगानी गरेको कुरा समेत मिडियामा आइरहेका छन् ।  सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले सहकारीको बचतबाट किनेको घरजग्गा संचालकले बिक्री गर्न नपाउने बताएका छन् ।

    जीबी समूहले सहकारीको बचतबाट किनेको जग्गा बिक्रीका सम्बन्धमा सीआईबीले समेत छानबिन गरिरहेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छुट्टै किसिमले छानबिन गरिरहेको छ ।

    यसैबीच, सहकारीको रकमबाट किनेको जग्गा जीबी राईले चेनी क्यापिटललाई बिक्री गरेको हो । उक्त कम्पनीमा जीबी राई समेत संलग्न भएको र सीआईबीले चेनीलाई समेत छानबिननको दायरामा ल्याउने संभावना पनि उत्तिकै छ ।

    सहकारीको रकमबाट किनिएको उक्त २३ रोपनी ७ आना जग्गामध्ये करिब ३ रोपनी धितो राखी हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण निकालिएको छ । जग्गा खरिद गरेको २ हप्ता नबित्दै हिमालयन बैंकबाट ऋण लिइएको हो ।

    बैंकले धितोको ४० प्रतिशत मात्र कर्जा दिने गर्दछ । तर हिमालयन बैंकका सीईओ अशोकशमशेर राणाले शंकास्पद कारोबारी पवनकुमार साहको सेटिङमा मूल्यांकनको सतप्रतिशत नै ऋण दिएका छन् ।

    सहकारीको बचतको पैसाबाट खरिद गरेको जग्गा किनेर धितो राखी ऋण लिएकोबारेमा सरकारी निकायले छानबिन गर्दा उक्त जग्गा बदर हुनसक्ने सहकारी बिभागका रजिष्टार घिमिरेको भनाइ छ । ‘सहकारीको बचतबाट खरिद गरिएकाले उक्त जग्गा बदर गरी बिक्री गरेर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्नुपर्छ’ उनले भने ।

    हिमालयन बैंकका सीईओ राणासँग विवादास्पद ब्यापारी साहले सेटिङ मिलाई ३ रोपनी जग्गा धितो राखेर १६ करोड ८० लाख कर्जा लिन सफल भएका छन् । सेटिङमा मुछिएका चेतन भण्डारी भने अमेरिकामा छन् ।

    सहकारीको रकमले किनेको जीबीको नाममा रहेको जग्गा सस्तो मूल्यमा बैंकबाट ठूलो रकम लिएका कुनै पनि बेला सीआईबीको अनुसन्धानमा तानिने डरले केही महिना भारतमा बसी हालै बीरगंजमा आई सेटिङ मिलाउन तल्लीन छन् ।

    त्यसो त नेपालका हुन्डी कारोबारी, ब्यापारी र बैंकहरुमा पवनकुमार साहका नामले चिनिने उनको भारतीय रासनकार्डमा भने त्रिभुवन गुप्ता नाम रहेको स्रोत बताँउछ । पवनकुमार साहका भाइ रतन भने बीरगंजमा सुन पसल खोलेर बसेका छन् ।

    सीआईबीले पवनकुमार साहको नागरिकता छानबिन गर्ने हो भने पनि उनी तुरुन्तै कारबाहीको दायरामा आउँछन् । साह इलेक्ट्रिक सिगरेट(भेप)देखि चिनी र रासायनिक मलको तस्करीमा समेत मुछिंदैआएका छन् ।

    सिन्धुपाल्चोकका ब्यापारी तथा सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पासँग मिलेर उनले चीनबाट भेप, मल र चिनीको ल्याउने गरेका छन् । साहमाथि चीनबाट अरबौंको भेप तस्करी गरी नेपालको बाटो हुँदै भारतमा लाने गरेको आरो छ ।

    यस्ता शंकास्पद नागरिकताधारी र विवादास्पद कारोबारीसँग हिमालयन बैंकका सीईओ राणाको कनेक्सनसमेत प्रहरीेले छानबिन गर्नुपर्ने बैंककै एक कर्मचारीको भनाइ छ ।

    सीईओ राणाले शंकास्पद व्यपारी साहलाई न्यूरोड शाखाबाट यस्ता खालका विवादीत घर जग्गाको धितो राखेर ऋण प्रवाह गर्दै आईरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार