Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद् सुरक्षा लापरबाहीबारे सीडीओदेखि आईजीपीसँग सोधपुछ गर्दै गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीलाई मन्त्रालयमा बोलाएका छन् ।

संसद् परिसरमा बाहिरबाट आन्दोलनकारीहरु प्रवेश गरेर प्रदर्शन गरेको घटनाबारे छलफल गर्न गृहमन्त्री श्रेष्ठले उनीहरुलाई मन्त्रालय बोलाएका हुन् ।

प्रहरीका महानरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई छलफलमा बोलाइएको बताइएको छ ।

उनीहरुलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरिरहेको बताइएको छ । यो घटनाबारे छानबिन गर्ने प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेश मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमै कार्यरत डिएसपी दिनेश घिमिरे सदस्य छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।

त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077