Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याज पीडितलाई भृकुटीमण्डपमा खाली गर्न प्रहरीको दबाब, वैकल्पिक बासस्थान मिलाउन माग

काठमाडौं । मिटरब्याज पीडितले वैकल्पिक व्यवस्थापनबिना नै भृकुटीमण्डपबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।

देशका विभिन्न जिल्ला झापा, सुनसरी, मोरङ, बाँके, बर्दिया, कैलाली, मकवानपुर लगायतका विभिन्न क्षेत्रबाट २५ दिन पैदल हिडेर राजधानी आइपुगेका मिटरव्याज पीडितहरुले माग गर्न दवाव दिन काठमाडौं आएका हुन् ।

हाल भृकुटीमण्डपमा बस्दैआएका उनीहरुलाई त्यो ठाउँ खाली गर्न प्रहरीले दबाब दिएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति, नेपालका प्रवक्ता निर्घ नवीनले यसअघि अवधेश कुशवाहाको संयोजकत्वमा नौ जनाको वार्ता टोली निर्माण गरिएको बताए । सरकारले सोमबार बिहान वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गरे पनि बैठक बस्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077