Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित ११ जनालाई पक्राउ गरेको छ ।

सिआइबीले प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतमसहित ११ जनालाई पक्राउ गरेको हो।

सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ रहेका छन् ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले बतायो ।

बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077