Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् प्रभु बैंकका डेपुटी सीईओसहित पक्राउ परेका ११ जना (नामसहित)

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने,सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम, सविन घिमिरे,सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान,सुनिल बस्नेत,मनोज न्यौपाने,दिलीप बराल,दिपेश प्रधान,राजेश भण्डारी,रमण श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।

[insert page='276523' display='yopanipadhnuhos.php']

सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

नाताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भाञ्जा रहेका न्यौपाने हाल प्रभु बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो ।

न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए।

कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077