Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियार प्रमुख राईले भने - टेरामक्स खरिद प्रकरणबारे केही समयमै रिजल्ट आउँछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको केही समयमा रिजल्ट आउने बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । प्रमुख आयुक्त राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताए ।

केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको प्रमुख आयुक्त राईको भनाई छ ।

प्रमुख आयुक्त राईले भने,'टेरामक्समा करिब बयान टुंगो लगाएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ । अन्तिम चरणमा छौँ।'

टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो ।

प्रमुख आयुक्त राईले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस, अडियो प्रकरणको पनि छानबिन भइरहेको उनको भनाइ थियो । अख्तियारले प्रमाणबिना कसैलाई पक्राउ नगर्ने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077