Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

७० करोड टेप प्रकरणको पनि अनुसन्धान भइरहेको छ : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले मंगलबारको बैठकमा बोल्दै अख्तियार प्रमुख राईले यस्तो बताएका हुन् ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा छिट्टै टुंगोमा पुग्ने अख्तियार प्रमुख राईको भनाई छ ।

अख्तियार प्रमुख राईले भने,‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो। हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077