Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सुनिलकुमार दोषी ठहर

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालासले मंगलबार सिंहलाई दोषी ठहर गरेको हो ।

सिंहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगाएको पाइएको अदालतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मिना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

सिंहले सम्पत्तिको स्रोत लुकाउनका लागि मीना कार्कीको नामबाट कारोबार गरेको पाइएको छ । कार्कीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077