Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसी अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेज

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै उक्त विवादको मुद्दा खारेज हुने फैसला सुनाएको हो ।

अदालतले ठेक्का रद्द गर्ने अधिकार एमसीए नेपाललाई हुने कि नहुने भन्ने विषयमा विस्तृत व्याख्या गर्दै रिट निवेदनको दाबी नपुग्ने फैसला ठहर गरेको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “एमसीए नेपालले सुरुमा जारी गरेको बोलपत्रमा अनुमानित रकम उल्लेख नगरी स्पेसिफिकेसन मात्र उल्लेख गरी पछि एडेन्डम–८ मार्फत अनुमानित रकम परिवर्तन गरी निकै ढिला निवेदकलाई जानकारी दिएको देखिँदा एमसीए नेपाल ठेक्का प्रक्रियामा निवेदकजस्तो प्रतिष्ठित र व्यावसायिक कम्पनीलाई कुनै पूर्वाग्रह राख्नुपर्ने अवस्था देखिँदैन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।”

नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को संयुक्त लगानीमा सञ्चालन गर्न लागिएको ६९.७ करोड अमेरिकी डलरको पूर्वाधार आयोजनाको व्यवस्थापनका लागि अर्थ मन्त्रालयअन्तर्गत गठन गरिएको एक सरकारी निकाय हो ।

यस कार्यक्रमको उद्देश्य आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपाल र यस क्षेत्रको ऊर्जा व्यापारलाई सहजीकरण गरेको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077