Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनको संघाई शहर घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने झोउ जियायु रहेका छन् ।

हुण्डी मार्फत बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जियायुलाई प्रहरीले ठिमीबाट पक्राउ गरेको हो ।

जियायुको साथबाट प्रहरीले १२ लाख नगद बरामद गरेको छ । पक्राउ परेका जियायुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077