Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमुख प्रशासकीय अधिकृतसहित, मेयर र उपमेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, मेयर उदयकुमार बरबरिया र उपमेयर शिलादेवी कापरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अन्तिम फैसला सुनाउँदै उनीहरु सबैलाई सफाइ दिएको हो ।

सडक निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर बरबरिया, उपमेयर कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोसहित १२ जनामाथि २३ माघ २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

शहीदनगर नगरपालिका-८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी काम भएको भनेर कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077