Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लघुवित्त पीडितलाई रिहा गर्न एमाले सांसद घिमिरेको माग

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले लघुवित्त पीडितहरुलाई तत्काल रिहा गर्न माग गरेकी छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी हुन् ।

घिमिरेले भनिन्, ‘उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । लघुवित्तका ऋणीका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् ।’

उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।

घिमिरेले लघुवित्तका ऋणीका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077