Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

फैसला चित्त नबुझेको भन्दै मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले विशेषबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ती हानिनोक्सी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको हो।

प्रहरी निरीक्षक नृपबहादुर बोहरा र डोटीको बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद प्रतिवादी रहेको मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

सो मुद्दामा विशेष अदालतले गत असार २० गते प्रतिवादी दुवैजनालाई आरोप-पत्रमा दावी नपुग्ने भन्दै सफाइ दिएको थियो। अख्तियारले उनीहरूविरुद्ध २०७७ साल ८ असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रहरी कार्यालय बीपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा उनीहरूमाथि ६१ हजार २० रुपैयाँ विगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो।

सो मुद्दाका प्रतिवादी प्रहरी निरीक्षक बोहराले आफ्नो आदेश बमोजिम फर्जी कागजात 'ब्याक डेट'मा बनाउन उपभोक्ता समितिलाई दवाव दिइ कागजात बनाउने कार्यद्वारा बदनियत स्वतस् देखिएको हुनाले उनीमाथि लगाएको अभियोग माग दावीबाट सफाइ दिने विशेष अदालतको फैसलामा प्रमाण कानुनको उचित मूल्यान हुन नसक्ने अख्तियारको दावी छ।

फैसला कानुन संगत नभएकाले बदरको माग गर्दै अभियोग मागदावी बमोजिमको सजाय हुनुपर्ने अख्तियारको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077