Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीको प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौंमा प्रदर्शन गरेका छन्।

कोशी नामाकरण गरिएको र आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा कालो झण्डासहित प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए।

उनीहरूले १ नम्बर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएको जनाएका छन्। २०७९ साल फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको थियो।

कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो। प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरहरूले विरोध स्वरुप आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077