Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबई पठाईदिने भन्दै ११ लाख ठगी, ढुङगेधाराबाट फरमान पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–८ घर भई हाल बनस्थली ढुङगेधारा बस्ने फरमान हवारी रहेका छन् ।

हवारीले निरज सेन्चुरीसहित चार जनाबाट ११ लाख ६६ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

हवारीले वैदेशिक रोजगारीमा दुबईमा राम्रो तलब आउने आश्वासन दिएका थिए।

आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077