Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालबिबाह मुद्दामा फरार दुई महिला पक्राउ

कास्की । बालबिबाह मुद्दामा फरार दुई महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार पक्राउ परेकी हुन् ।

फरार सूचीमा रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पोखरा १, हरिचोकबाट फागुन १६ गते पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ दाखिला गर्न फैसला गरेको थियो ।

त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ५ सय रुपैयाँसहित २ सय भुक्तान गर्न बाँकी छ ।

सोही ठाउँकी विनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न बाँकी छ । उनीहरु दुवै जनालाई अदालतमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077