Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेलमेट चोरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले हेलमेट चोर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको गेटबाट लगातार हेलमेट चोरी गर्ने गरेको आरोपमा गोरखाका सञ्जय थापा मगर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफूले हेलमेट चोरेको स्वीकार गरेका छन् । उनलाई सादा पोसाकमा खटिएका प्रहरी जवानले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077