Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिदेशीय टी–२० श्रृंखला : आज नामिबियासँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नामिबिया खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।

यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । हिजोको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको थियो ।

अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग दुई रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ ।

२ वटै खेल हारेको नेपाल पुछारमा छ । घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077