Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपसभापतिले माइन्युट खोसेपछि कैलाली कांग्रेसको बैठक स्थगित

धनगढी । नेपाली कांग्रेस कैलालीको बैठकमा विवाद भएको छ ।

मोहन्याल गाउँपालिका -१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडुवालबीच विवाद भएको हो।

अनुशासनको कारबाही गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसेका थिए।

सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका हुन् ।

बैठक नबस्दै विवाद भएपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ। गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे र सुरत बहादुर कार्कीलाई अनुशासनको कारबाही गरेका थिए ।

उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए ।

त्यो बेलादेखि सभापति र उपसभापतिकाबीचमा मतभेद बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077