Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यूके पठाइदिन्छु भन्दै २ लाख कुम्ल्याउने दामोदर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यूकेमा रोजगारीको प्रलोभन दिँदै २ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठानको झिम्रुक गाउँपालिका-६ घर भई हाल जिल्ला तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने दामोदर पोखरेल रहेका छन् ।

पोखरेलले सुवास गुरुङलाई वैदेशिक रोजगारीको लागि यूके पठाईदिने भन्दै ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रकम लिई सम्पर्क विहीन भएका पोखरेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निज सामाखुशीबाट पक्राउ गरहेको हो ।

पक्राउ परेका पोखरेललाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077