काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सरकारले विभिन्न विषयमा विज्ञहरु बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए ।
उनले सरकारले बनाएका योजना, नीतिहरुमा त्रुटि भए सच्याउन जरुरी रहेको बताए । उनले परिणाम किन निस्किएन भन्नेबारेमा समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले जनताको आलोचनालाई कदर गरेर अघि बढ्न सुझाव दिए । अध्यक्ष नेपालले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताए ।